
काठमाडौं । पछिल्लो केही समयदेखि सबै गतिविधि अनलाइन मार्फत नै भइरहेको छ । कोरोना भाइरसको कारण सबै धरभित्रै भइरहेको अवस्थामा स्मार्टफोन धेरै नै प्रयोगमा आएका छन् । अहिले झन् कोरोना भाइरसका कारण मोबाइल तथा ल्यापटपको प्रयोग ह्वातै बढेको छ । तर, ग्राहकले आवश्यक्ता हेरेर मोबाइल खरिद गर्ने गर्छ ।
त्यसतै विभिन्न शैक्षिक संस्थाहरुले पनि पूर्णरुपमा अनलाइनको माध्यमबाट पढाउन थालिसकेका छन् । नेपालमा वार्षिक २० अर्बभन्दा बढीको मोबाइल फोन नै भित्रने गरेको तथ्यांके देखाएको छ । मोबाइल व्यवसायीहरुका अनुसार पछिल्लो समय १५ हजारदेखि ३० हजारसम्मका मोबाइल बढी बिक्री हुने गरेका छन् ।
यस्ता छन् कम मूल्यमा पाइने स्मार्टफोन
सामसङ ग्यालेक्सी ए २०
कम मुल्यमा पाईने मध्येको उत्कृष्ट स्मार्टफोनको सूचीबाट सामसङ ग्यालेक्सी ए २० लाई छुटाउनै मिल्दैन । ३२ जिबीको ईन्टरनल स्टोरेज मात्र १८ हजार ४ सय ९० मा पाईने यस स्मार्टफोनमा आर्कषक ६.३ ईन्चको डिस्प्ले स्क्रिन रहेको छ । १५०० एमएचको यसको ब्यट्रि दुईदिनसम्म टिक्ने सामसङ दाबी गर्दछ ।
रेडिमी नोट ७
६.३ आईपिएस एलसिडी स्क्रिन सहित १००० ह् २३४० पिक्सेल सहितको रिजोलुसन भएको रेडिमी नोट ७ कम बजेटमा पाईने अर्को आर्कषक स्मार्टफोन हो ।
३ जिबी र्याम र ३२ जिबी ईन्टरनल स्टोरेज सहित यो बजारमा उपल्ब्ध छ । यसमा पछाडी ४८ मेगापिक्सलको प्राईमेरी क्यामरा र ५ मेगा पिक्सलको डेप्थ सेन्सर क्यामरा गरेर दुईवटा क्यामरा रहेको छ। साथै यसमा १३ मेगापिक्सलको सेल्फी क्यामरा पनि रहेको छ ।
सामसङ ग्यालेक्सी ए २० एस
पछिल्लो समय सामसङको ग्यालेक्सी ए २० एस कम बजेटमा किन्न सकिने मध्येको बेस्ट स्मार्टफोन मध्ये एक हो । ६.५ ईन्चको एचडी डिस्पले भएको यस स्मार्टफोन पछाडी तीन वटा क्यामरा १३ मेगापिक्सलको प्राईमेरी सेन्सर, ८ मेगापिक्सलको अल्ट्रा वाईड सेनसर र ५ मेगा पिक्सलको डेप्थ सेन्सर) रहेको छ ।
यस अघिको ए २० मा भने मात्र दुई वटा क्यामरा रहेको थियो। ४ हजार एमएचको ब्याट्री सहित निकै छिटो चार्ज हुने यसको विशेषता हो । यसमा १.८ जिएचजेडको अक्टा कोर प्रोसेसर र ४ जिबीको र्याम राखिएको छ ।
साओमीको रेडिमी वाई ३
साओमीको रेडिमी वाई ३ को स्क्रिन ६.२ ईन्चको रहेको छ भने २.५ डि को कर्भड ग्लास र स्क्रयाच हुनबाट जोगाउनको लागि क्वरनिङ गोरीला ग्लास ५ को प्रयोग गरिएको छ ।
यसमा ३ र ४ जिबीको र्याम प्रयोग गरिएको छ । यसको पछाडी १३ मेगापिक्सल र २ मेगापिक्सलको दुईवटा क्यामरा रहेको छ । यसको ब्याट्रि पनि ४००० एमएचको रहेको छ ।
साओमी एमआई एटुलाइट
साओमी एटुलाइट आकर्षक फिचर सहितके उत्कृष्ट फोन हो । यसमा भएको २ वटा ब्याक क्यामेरा पनि पर्दछ ।
अझै यसमा भएको स्नेपड्रेगन ६२५ यसको अर्को मुख्य आकर्षण हो । यसमा ३ जिबी र्याम तथा ३२ जिबी एक्सपानडेबल स्टोरेज क्षमताका साथै ४००० एमएएच ब्याट्री पावर रहेको छ ।
सामसङ ग्यालेक्सी एमट्वान्टी
सामसङ ग्यालेक्सी एम २० पनि कम मूल्यमै पाइने मोबाइल हो । ६.३ इन्चको आकर्षक डिस्प्ले भएको यस मोबाइलको टपमा सानो वाटरड्रप नच रहेको छ ।
यसमा ३ जिबीको र्याम तथा ३२ जिबीको एक्सपानडेबल स्टोरेज क्षमताको साथै ५००० एमएएच ब्याट्री पावर रहेको छ । यसले फास्ट चार्ज पनि सर्पोट गर्दछ ।
रेड्मी नोट ८
रेड्मी रेडमी नोट ८ कम कम मूल्यमै बजारमा उपलब्ध हुने उत्कृष्ट फोन हो । रेड्मी नेपालमा नोट ७ सिरिजबाट लोकप्रिय भएको हो । हेर्दा निकै आर्कषक देखिने यो स्मार्टफोन अगाडी र पछाडी दुवै भाग ग्लासले बनेको छ ।
६.३ एपिएसको एलसिडी डिस्प्ले, १०८० ह् २३४० का पिक्सेलको एचडी रिजोलुसन, क्वालिटीको भिडियो, ४८ मेगापिक्सलको ४ वटा क्यामरा, सेल्फीको लागि यसमा १३ मेगापिक्सलको क्यामरा जस्ता फिचर राखिएका छन् ।
४ जिबी र्यामको प्रयोग गरिएको यो फोनमा ब्याट्रि पनि ४ हजार एमएचका राखिएको छ । नेपाली बजारमा यो फोनको मुल्य २३ हजार ९ सय तोकिएको छ ।