होमपेज » हेडलाइन » सांसदहरुले सरकारलाई ध्यानकर्षण गराउँदै

सांसदहरुले सरकारलाई ध्यानकर्षण गराउँदै

मंगलवार, ३ भाद्र २०८२, १६:४९

काठमाडौं । जन्मदर्ता नभएका विद्यार्थीलाई (एसइई) परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदकुमारी साहले सरकारलाई ध्यानकर्षण गराएकी हुन् । बुुवाआमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्मदर्ताको प्रमाणपत्र नभएका कारण एसइईको फाराम भर्नबाट बन्चित भएकालाई साहले शून्य समयमा बोल्दै सरकारलाई ध्यानकर्षण गराएकी हुन् । उनीले भनीन् “जन्मदर्ता नभएकै कारण शिक्षा आर्जन गर्न पाउने मौलिक अधिकार हनन् गर्नु राज्य अपराध हो ।”

सांसद नरबहादुर विष्टले मेलम्ची खानेपानी आयोजनाका बाबजुद् काठमाडौँमा खोनपानीको अभाव सम्बोधन हुन नसकेकोतर्फ पनि सरकारलाई ध्यानार्कषण गराएका छन् ।

सांसद नारायणदत्त मिश्रले रासायनिक मललाई खुल्ला बजारमा ल्याउनुपर्नेमा जोड दिँदै मल वितरणमा अनियमितता भइरहेकोमा पनि सरकारलाई ध्यानार्कषण गराएका छन् ।

सांसद युवराज शर्माले गरिबीको रेखामुनि रहेका नागरिकलाई रासन कार्ड उपलब्ध गराई सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्ने सु्झाव प्रस्तुत गरेका थिए ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब र कुटनीतिक पहलका लागि माग समेत गरेका थिए ।

सांसद सुरेशकुमार आले मगरले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने चर्चाबारे धारणा राख्दै यस्तो दुष्प्रयास गर्न नहुने बताए ।