होमपेज » खेलकुद » जापानको मिएकेनको योक्काईचीमा तेस्रो सन्तोष मेमोरियल फुटसल प्रतियोगिता हुदै

जापानको मिएकेनको योक्काईचीमा तेस्रो सन्तोष मेमोरियल फुटसल प्रतियोगिता हुदै

आईतवार, २३ मंसिर २०८१, २०:१२

नागोया । जापानको मिएकेनको योक्काईचीमा तेस्रो सन्तोष मेमोरियल फुटसल कप प्रतियोगिता हुने भएको छ । योक्काईची फ्रेन्डसिप क्लबले आगामी डिसेम्बर १४ तारिख शनिवार योक्काईचीस्थित सुजुकाको सुजुका फुटसलमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

 

 

प्रतियोगितामा बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ जापानी येन पाउनेछन् भने उपबिजेताले २ लाख २२ हजार २ सय २२ जापानी येन प्राप्त गर्नेछन् । त्यसैगरी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र फेयर प्ले र टोकन अफ लव पुरस्कारको समेत व्यवस्था रहेको छ ।

 

 

प्रतियोगितामा भाग लिने टिमका लागि ४३ हजार जापानी येन शुल्क तोकिएको छ । उक्त रकमले खेलाडीको बीमालाई समेत समेटेको छ । प्रतियोतिामा भाग लिन इच्छुक टिमले क्लबका संयोजक विपल थापाको जेपी बैंकमा रहेको खाता नं. १२२००–१५२४१५५१ मा रकम बुझाएर आगामी डिसेम्बर ११ तारिख सम्म आवेदन दिन सक्नेछन् ।

 

 

स्मरण रहोस केही समय पहिले जापानको योक्काईचीमा ज्यान गुमाएका नेपाली युवा सन्तोष खड्काको सम्झनामा योक्काईची फ्रेन्डसिप क्लबले प्रत्येक वर्ष फुटसल प्रतियोगिता गर्दै आईरहेको छ । फुटसल प्रतियोगिताको पहिलो वर्ष काभ्रेली समाज जापान र दोस्रो वर्ष योक्काईची फ्रेन्डसिप क्लबले उपाधि चुम्न सफल भएको थियो।