होमपेज » आर्थिक » पर्यटन » निगमको काठमाडौं-नारिता उडान, सातामा एक दिन

निगमको काठमाडौं-नारिता उडान, सातामा एक दिन

शुक्रबार, ८ आश्विन २०७८, ११:४६

काठमाडौँ। कोभिड-१९ का कारण करिब तीन महिना ठप्प जस्तै रहेको नेपाल जापान उडान शनिबार देखि हुने भएको छ। नेपाल वायुसेवा निगमले शनिबारदेखि काठमाडौं-नारिता उडान गर्ने भएको छ । हाललाई सातामा एक दिन निगमको जहाजले काठमाडौं-नारिता उडान गर्नेछ ।

 

सातामा एक उडानका लागि जापानको नागरिक उड्डयन प्राधिकरणले स्लट दिइसकेको छ । नेपालीहरुको महान चाड दसैँ नजिकिएसँगैँ कोभिड-१९ का बाबजुतपनि यति बेला जापानको नारिताबाट नेपाल आउने यात्रुको चाप बढेको छ । साथै जापान सरकारले रि-इन्ट्री भिसा हुनेहरुलाई जापान प्रबेशमा खुला गरेसंगै नेपालमा अड्किएर बसेका हजारौ नेपालीहरुको जापान फर्किनेको चाप पनि बढेको छ।

 

 

साताको एकदिन बिहीबार काठमाडौं-नारितातर्फको उडानमा १०२ भन्दा बढी यात्रु लैजान नपाइने प्रावधान रहेको निगमले जनाएको छ ।

 

 

निगमले सो उडानका लागि २७४ सिट क्षमताको एयरबस ३३० सिरिजको जहाज प्रयोग गर्दै आएको छ।