सोल। दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार नयाँ प्रधानमन्त्री नियुक्त गर्नु भएको छ ।
उहाँले पूर्व प्रधानमन्त्री समेत रहनु भएका हान डक सुलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
उहाँले आफूले भने यही मे १० मा सपथ लिनु भएको थियो । नवनियुक्त प्रधानमन्त्री सु यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्री हुनुभएको थियो । उहाँले सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि दक्षिण कोरियाको राजदूत भएर काम गर्नुभएको थियो ।
त्यसैगरी सन् २०१२ देखि २०१५ सम्म उहाँले कोरिया अन्तर्राष्ट्रिय व्यापार संघको अध्यक्षको रुपमा पनि उहाँले काम गर्नु भएको थियो। प्रधानमन्त्री सुको जन्म ७२ वर्ष अगाडि दक्षिण कोरियाकै जेओन्जु सीमा भएको हो ।
रासस










