नागोया। युवा पुस्तामाझ चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ जापानको नागोया आउने भएको छन्। आगामी डिसेम्बर ११ तारिख जापानको नागोया नकाकु निशिकी स्थित उतागेमा ‘भिटेन’ लाईभ ईन नागोयामा र्यापर ‘भिटेन’को विशेस प्रस्तुति रहने बताईएको छ ।
उक्त कार्यक्रममा ‘भिटेन’ लाई आफ्टर पार्टीमा नागोयाको चर्चित क्लबहरुमा डिजे प्रस्तुति दिईसकेका डिजे लाहुरेले समेत साथ दिनेछन।

‘चुरोट’ नामको गीतबाट चर्चामा आएका ‘भिटेन’ले दर्जनौ बढी गीत गाइसकेका छन्। ‘भिटेन’ उनको गीतहरु ‘सिमसिमे पानि’ ,‘यात्रा’ , ‘कथा’ , ‘हामी यस्तै त हो नि ब्रो’ गीतहरुले युवामाझ चर्चित बनेका थिए।
KANXA PUN PRESENT को आयोजनामा हुने कार्यक्रममा ३ हजार ५ सय देखि ,१० हजार येन सम्मको टिकट मूल्य रहेको छ। र्यापर ‘भिटेन’ को यो चौथो पटकको जापान यात्रा हो। त्यसैले यो कार्यक्रमलाई अझै भब्य र आकर्षक रुपमा आयोजना गरिने गरि आयोजक तयारीमा जुटेका बताउछन, कार्यक्रमका संयोजक कान्छा पुन।
साथै र्यापर ‘भिटेन’ को जापानको नागोया लगायत टोक्यो ,ओसाका ,फ़ुकुओका र अन्य विभिन्न सहरहरुमा समेत प्रस्तुति रहने छ।











