होमपेज » समाचार » धनुषा, हुम्ला र नवलपुरमा निषेधाज्ञा

धनुषा, हुम्ला र नवलपुरमा निषेधाज्ञा

मंगलवार, २१ बैशाख २०७८, ११:२४

काठमाडौं । कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वैशाख ३१ गतेसम्मका लागि जारी निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ ।

त्यस्तै, नवलपरासी (बर्दघाट–सूस्तापूर्व)मा आज मध्यरातबाट निषेधाज्ञा जारी गरिने भएको छ । जिल्लामा ३०० भन्दा बढी सङ्क्रमित पुगेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा लागू गर्ने भएको हो । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले नवलपुरमा वैशाख २१ गते राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्म १५ दिन निषेधाज्ञा जारी गर्न सिफारिस गरेको हो । सोमबार मात्रै जिल्लामा ७७ नयाँ सङ्क्रमित फेला परेका छन् । योसहित नवलपुरमा कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ३४६ पुगेको छ । रासस