होमपेज » देश » स्थानीय » नुवाकोटको शिवपुरी गाउँपालिकामा २० बेडको आइसोलेशन कक्ष तयार

नुवाकोटको शिवपुरी गाउँपालिकामा २० बेडको आइसोलेशन कक्ष तयार

बिहीबार, २३ बैशाख २०७८, २१:३०

नुवाकोट,

नुवाकोटको शिवपुरी गाउँपालिकाले अक्सिजन सहितको २० बेड आइसोलेशन कक्ष तयार पारेको छ ।

 

नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण व्यापक फैलिदै गएपछि गाउँपालिकाले गाउँपालिकाको सामुदायिक अस्पतालमा अक्सिजन सहितको २० बेडको आइसोलेशन कक्ष तयार पारेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।

 

अध्यक्ष थापाका अुनसार हाल उक्त आइसोलेशन कक्षमा गा. पा कै केही कोरोनाका बिरामीले सेवा लिइरहेका छन् ।

सामान्य अवस्थामा रहेका कोरोनाका बिरामीलाई होम आइसोलेशनमा र स्वास्थ्यमा थप समस्या भएका कोरोनाका बिरामीलाई गा. पाले निर्माण गरेको आइलोलेशनमा राख्ने व्यवस्था मिलाइएको अध्यक्ष थापाले बताउनु भयो । साथै “नागरिकको स्वास्थ्यमा उच्च प्राथमिकता दिएर गाउँपालिकाले स्वास्थ्य सेवा विस्तार गर्दै गएको छ, आगामी दिनमा थप सेवा विस्तार गर्ने गाउँपालिकाको योजना रहेको पनि बताउनु भयो।

जिल्ला स्वास्थ्य कार्यालयको नुवाकोटको जानकारी अनुसार हालसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या १ हजार ५६४ पुगेको छ। कोरोना मुक्त भएर घर फर्कनेको संख्या १ हजार २०६ पुगेको छ।