काठमाडौं । खुफिया एजेन्जी ‘रअ’ का शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित एक कर्मचारी पनि काठमाडौं आइपुगेका छन् । नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको स्रोतको दाबी छ । यद्यपि दूतावासले भने को कर्मचारी नेपाल आएको हो आफूलाई थाहा नभएको बताएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल आएका छन् । तर उनी ‘रअ’ का व्यक्ति हुन् कि होइनन् भन्ने थाहा नभएको तर भीआइपी सुविधा दिइएको स्रोतले बताएको छ । दूतावासले ती भीआइपीहरु को–को हुन् थाहा नभएको बताएपनि दूतावासकै गाडीमा राखेर दूतावासका कर्मचारीले उनीहरुलाई लगेका थिए ।
नेपालमा राजनीति उथलपुथल भइरहेका कारण उनी दुई महिना बढी यहाँ बसे । अब नेपालको स्टेशन भटनागरले सम्हाल्ने छन् । उनले एक हप्तापछि कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले जनाएको छ ।










