होमपेज » समाचार » सुनचाँदीको मूल्य लगातार वृद्धि

सुनचाँदीको मूल्य लगातार वृद्धि

सोमबार, २७ बैशाख २०७८, १२:००

काठमाडौं । कोरोनाको कहरमा पनि सुनको मूल्य आकासिएको छ । छापावाल सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो । यस्तै तेजाबी सुनको मूल्य सोमबार ५१ हजार पँच सय रुपैयाँ पुगेको छ ।

 

यस्तै चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ पुगेको छ । आइतरबार चाँदीको खरिद बिक्री मूल्य १३ सय ४५ रुपैयाँ थियो ।