होमपेज » समाचार » दैनिक १५ हजार अक्सिजनको माग, उत्पादन भने १० हजार मात्रै

दैनिक १५ हजार अक्सिजनको माग, उत्पादन भने १० हजार मात्रै

मंगलवार, २८ बैशाख २०७८, १९:११

काठमाडौं । हाल दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग भइरहेको बताउँदै सचिव अर्यालले अस्पतालहरूसँग १० हजार सिलिन्डर मात्रै रहेको बताए ।

 

उच्च गतिमा संक्रमण दर बढेपछि नेपालमा उत्पादन भइरहेको अक्सिजन क्षमताले नधान्दा हाहाकार सृजना भएको छ । अक्सिजन उत्पादनभन्दा कोभिडका बिरामीका लागि माग बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ ।

२०० वेडभन्दा भएका अस्पतालले वर्तमान समयमा अक्सिजन प्लान्ट चाहेको खण्डमा स्वास्थ्य मन्त्रालय तयार रहेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताए । यस्तै स्वास्थ्य सामग्री खरिदका लागि १४ अर्ब बजेट अर्थमन्त्रालयबाट सुनिश्चितता भएको सचिव आर्यालले बताए ।