होमपेज » समाचार » आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर

शुक्रबार, ३१ बैशाख २०७८, १२:४७

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबारकै मूल्य कायम हुँदै सुन प्रति तोला ९१ ह्जार ६०० रुपैयाँमा कारोबार भएको हो ।

 

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै प्रति तोला ९१ ह्जार १०० रुपैयाँ कायम भएको छ । तर, यता चाँदीको मूल्यमा भने आज सामान्य गिरावट आएको छ ।

 

सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा प्रति तोला ५ रुपैयाँले गिरावट आउदै आज चाँदी एक हजार ३३० रुपैयाँ कायम भएको छ ।