होमपेज » समाचार » भिडभाडसहित डिजे बजाउँदा प्रहरी मौन

भिडभाडसहित डिजे बजाउँदा प्रहरी मौन

शनिबार, १ जेष्ठ २०७८, १०:२२

सर्लाही । लालबन्दीमा व्यापार खुलेआम चल्दै सर्लाहीमा कोरोना संक्रमण बढ्दै गइरहेको अबस्थामा नागरिकहरुले भने भिडभाड गर्ने क्रमलाई निरन्तरता दिन छाडेका छैनन ।

पछिल्लो समय सर्लाहीमा कोरोना संक्रमणले भयवह रुप लिदै गएको छ तर सर्लाहीका नागरिकहरु भने विवाह, जन्म दिन, भोजभतेर, बिना काम फ्रेस हुने नाममा भिडभाड गर्ने जस्ता कार्यहरु अत्याधिक रुपमा हुँदै आएको छ । सर्लाहीमा ६ सय ५४ जना कोरोना संक्रमित छन् भने ११ जनाको ज्यान गएकोछ ।

 

छिमेकी देश भारसँग खुल्ला सिमाना रहेको सर्लाही कोरोनाको उच्च जोखिम बिन्दुमा रहेको छ । कोरोना उच्च विन्दुमा रहेको सर्लाहीमा विवाहको नाममा डिजे बजाउनेदेखि सयौ मानिसहरु सामान्य स्वास्थ्य मापदण्ड विपरित भिडभाड गर्दै आएका छन ।

 

जिल्लाका विभिन्न स्थानमा विवाहको पुर्व तयारीमा डिजेसहित मास्क बिना नै नाचगानका साथ भिडभाड गरि बजार परिक्रमा गरि रहेको दुश्य प्रहरी मन्त्रमुग्ध बनेर हेरिरहेको छ ।

 

अतिआवश्यक कार्यका लागी मोटरसाइकलमा समेत बाहिर निस्कँदा लाडि चार्जगर्ने सर्लाही प्रहरी प्रशासन सयौको संख्यामा सामान्य स्वास्थ्य मापदण्ड बिना नै डिजे बजाउँदै निषेधाज्ञाको अबज्ञा गरेको अबस्थामा समेत रमाइलो मानी हेरिरहेकाले प्रशासनले नागरिकहरु प्रतिको कर्तब्य भुलेको स्थानियले बताएका छन् ।

 

प्रशासनको लापर्वाहीका कारणले जिल्लामा कोरोना संक्रमणको जोखिम उच्च रहेको स्थानियको आरोप छ । कोरोना संक्रमण नियन्त्रण र नागरिकहरुलाई सचेत गराउन प्रशासनले केही समय कडा निगरानी गर्नु पर्ने स्थानिय अगुवाहरुको भनाइ छ ।

 

भने जिल्लाको लालबन्दीमा व्यापारी व्यावसायीहरुले सटर खोलेर व्यापार गरिरहेको प्रहरलिाई थाहा नभएको पनि होइन । तर प्रहरी मौन बसेको देखिन्छ ।