काठमाडौं । आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्राको दिने अभियान सुरु भएको छ ।
जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णय अनुसार स्वास्थ्य कार्यालय, काठमाडौंबाट खोप अभियान सञ्चालन सुरु गरिएको हो । यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउने छन् ।
काठमाडौं महानगरपालिकाको ३२ वटै वडाका खोप केन्द्रबाट कोरोनाविरुद्धको भेरोसेल खोप दिइने छ । खोप कीर्तिपुर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिकामा दुई÷दुई स्थानमा खोप केन्द्र खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।
चन्द्रागिरी नगरपालिकाका तीनवटा खोप केन्द्र, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा भने एक÷एक वटा खोप केन्द्र तय गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।










