होमपेज » हेडलाइन » माधव र बादलको छलफल

माधव र बादलको छलफल

मंगलवार, ४ जेष्ठ २०७८, १५:०७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

 

जेठ ६ गते बिहीबार हुने बागमती प्रदेश राष्ट्रिय सभाको उपनिर्वाचनबारे छलफल गर्न थापा नेता नेपालको निवास कोटेश्वर पुगेको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार नेता नेपाल र थापाबीच अहिले भेटवार्ता जारी छ ।

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले थापा र विपक्षी गठबन्धन दुवैबाट डा. खिमलाल देवकोटा उम्मेदवार बनेका छन् ।

थापाको चुनाव चिन्ह सूर्य रहेको छ भने देवकोटाको कमल रहेको छ । नेकपा एमालेभित्र विवाद भएका बेला नेता माधव नेपालको समेत समर्थन रहने विश्वासका साथ देवकोटालाई उम्मेदवार बनाएपनि अहिले एमाले मिलनबिन्दुतिर गएपछि माधव पक्षका मतदाता अन्योलमा परेका छन् ।