होमपेज » हेडलाइन » कोरोनाको तेस्रो लहर आउनसक्छ ः सभापति देउवा

कोरोनाको तेस्रो लहर आउनसक्छ ः सभापति देउवा

मंगलवार, ४ जेष्ठ २०७८, १९:४९

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तेश्रो लहर आउने सम्भावित खतरालाई मध्यनजर गर्दै सातवटै प्रदेशका अस्पतालमा विशेष वार्ड र आइसीय लगायतको तयारी गर्न सरकारसँग आग्रह गरेका छन् ।

 

सभापति देउवाले कोरोनाको तेस्रो लहरबाट बालबालिकाबढी असुरक्षित हुनसक्ने विज्ञहरुको भनाइ रहेको बताउँदै १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन समेत आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन्– ‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन् । म सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड र आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरो

ध गर्दछु ।’