बिरगंज । देशमा कोरना कहरको आंतक छ । दैनिक सयौंको संख्यामा यही रोगका कारण ज्यान गुमाउने जनताले उपचारका नाममा अक्सिजन नपाएर मर्नुपरेको छ । तस्करहरूका लागि अहिले पर्साको मुख्य भन्सार रहेको इनर्वागाउँबाट ठूलो मात्रामा तस्करी चलिरहेको छ ।
तस्करीको लाइन पाउने व्यक्ति हुन दीपक यादव र रेखा भन्ने महिला । उनीहरू दुबै जना बलिरामपुरका हुन । उनीहरू दुबैलाई प्रहरी चौकी इनर्वा गाउँका असई भीम बहादुर पौडेलले तस्करीको लाइन दिएका छन् । हार्डवेयर र कपडाको तस्करी यी दुई जनाले गरिरहेका छन् ।
यादवले रातिको दस बजेपछि र रेखाले बिहान पाँच बजे टेम्पोको प्रयोग गरेर तस्करी गर्दै आएका छन् । वीरगञ्जमा कोरोना संक्रमणबाट एकै दिनमा ११ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा ७ जना, भवानी हस्पीटलमा २ जना, वीरगञ्ज हेल्थ केयर र स्पर्श मल्टी स्पेस्यालिटी हस्पीटल १÷१ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा पर्साको ५ जना, बाराको ५ जना र सर्लाहीको १ जना छन् ।
वीरगञ्जमा आइतबार मात्रै १८ जनाको मृत्यु भएको थियो ।योसँगै वीरगञ्जमा दोस्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७३ पुगेको छ । जसमा पर्सा जिल्ला बाहिरका ८३ जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।नारायणी अस्पतालमा बाराको कलैया उपमहानगरपालिका–२४ की ५५ वर्षीया महिलाको सोमबार साँझ ७ः०५ बजे मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या भएपछि उनलाई सोमबार नै अस्पतालमा भर्ना गरिएको थियो ।
एन्टीजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन वार्डमा राखेर उपचार चलिरहेको थियो । नारायणी अस्पतालमा वीरगञ्ज–१३ राधेमाई टोल बस्ने ५२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
वैशाख ३० गते एन्टीजेन परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएपछि जेठ १ गते उनलाई अस्पाल भर्ना गरिएको थियो । उपचारको क्रममा सोमबार बिहान ९ः४० मा उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।नारायणी अस्पतालमा वीरगञ्ज–८ गहवा बस्ने ५२ वर्षीय पुरुषको सोमबार बिहान ३ः०५ बजे मृत्यु भएको छ ।
वैशाख २४ गते अस्पताल भर्ना भएका उनको सोही दिन गरिएको एन्टीजेन परीक्षण पोजेटिभ आएको थियो । नारायणी अस्पतालमै बाराको बारागढी नगरपालिका गडहल निवासी ५० वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख २० गते एन्टीजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या आएपछि बैशाख २३ गते अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा सोमबार १ः५० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।नारायणी अस्पतालमै वीरगञ्ज–२२ को ४५ वर्षीय पुरुषको सोमबार बिहान ६ः०५ बजे मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आई अस्पतालमा भर्ना भएकै दिन वैशाख २० गते एन्टीजेन परीक्षण पोजेटिभ आएको थियो ।नरायणी अस्पतालमै बाराका एक जना ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
उपचारको क्रममा सोमबार बिहान पौने २ बजे उनको मृत्यु भएके थियो । वैशाख २० गते अस्पताल भर्ना भएका उनको सोही दिन गरिएको एन्टीजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनी पहिलदेखि नै किड्नीको विरामी थिए ।नारायणी अस्पतालमै सर्लाहीको लालबन्दी– ४ बस्ने ५५ वर्षीया महिलाको सोमबार बिहान ११ बजे मृत्यु भएको छ । जेठ १ गते अस्पताल भर्ना भएकी उनको भोलिपल्ट गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।वीरगञ्जको भवानी हस्पीटलमा पर्साको कालिकामाई गाउँपालिका– २ का ४८ वर्षीया कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।
वैशाख २८ गते अस्पताल भर्ना भएका उनको सोहि दिन गरिएको एन्टीजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा सोमबार बिहान ७ः०५ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
भवानी हस्पीटलमै पर्साको सखुवाप्रसौनी गाउँपालिका– २ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३० गते भर्ना भएका उनको पीसीआर परीक्षण रिपोर्ट आइतबार मात्रै आएको थियो । उपचारको क्रममा सोमबार दिउँसो सवा ३ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
वीरगञ्ज हेल्थ केयर अस्पतालमा वीरगञ्ज–१० बस्ने ६५ वर्षीय पुरुषको सोमबार बिहान पौने १२ बजे मृत्यु भएको छ । बैशाख १७ गते कोरोना संक्रमण पुष्टि भई स्वास्थ्यमा समस्या आएपछि उनलाई वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो ।
स्पर्श मल्टी स्पेस्यालिटी हस्पीटल वीरगञ्जमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ की ३८ वर्षीया महिलाको मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या आई वैशाख १६ गते नारायणी अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सोही दिन स्पर्श मल्टी स्पेस्यालिटी अस्पतालमा भर्ना गरी उपचारको क्रममा दिउँसो ३ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।










