होमपेज » समाचार » विवेकशील साझा पार्टीले मतदान नगर्ने

विवेकशील साझा पार्टीले मतदान नगर्ने

बिहीबार, ६ जेष्ठ २०७८, १४:४७

काठमाडौं । ‘नो भोट’को व्यवस्था नगरिएको भन्दै विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएको छ । उपनिर्वाचनका उम्मेदवारबाट राष्ट्रिय सभामा अपेक्षाकृत भूमिका निर्वाह हुनेमा आश्वस्त पनि नभएको भन्दै विवेकशील साझा पार्टीले भोट नहाल्ने निर्णय गरेको हो ।

 

‘चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ,’ विवेकशील साझा पार्टीको बागमती प्रदेशसभा संसदीय दलका नेता रमेश पौड्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।