होमपेज » समाचार » बूढानीलकण्ठमा प्रचण्ड

बूढानीलकण्ठमा प्रचण्ड

शुक्रबार, ७ जेष्ठ २०७८, १३:२५

काठमाडौं । नयाँ सरकार गठनको समय छोटिंदै जाँदा दलहरुको दौडधूप जारी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

 

प्रचण्डसँग नेता नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् । त्यसअघि देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । कांग्रेसले सम्भावित सबै विकल्पमा दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

 

यसैगरी आज बिहानै जसपाको महन्थ ठाकुर पक्षले आफू निकट सांसदहरुसँग पछिल्लो परिस्थितिबारे छलफल गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेकी छन् ।