होमपेज » आर्थिक » महालक्ष्मीको “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना

महालक्ष्मीको “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना

शुक्रबार, ७ जेष्ठ २०७८, १५:१८

 

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले २७ औं वार्षिकोत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहनगर्ने उद्देश्यले “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुले जेष्ठ ७ गतेदेखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट रु.१०० प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ऋयललभअत क्ष्एक्, त्तच् ऋयमभ लगायतका विद्युतीय बैंकिङ सेवाप्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु र अरुलाई सुरक्षित राख्न अनुरोध गरेको छ ।