होमपेज » हेडलाइन » राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाहीको माग

राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाहीको माग

आईतवार, ९ जेष्ठ २०७८, १०:३५

काठमाडौं । विपक्षी गठबन्धनसम्बद्ध युवा संगठनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको वातावरण बनाउन अपील गरेका छन् ।

 

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जसपा, राष्ट्रिय जनमोर्चा र विवेकशील साझा पार्टीका युवा संगठनहरुले संयुक्त विज्ञप्ति निकालेर उनीहरुले राजनीतिक र संवैधानिक हिसाबले राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाहीको वातावरण निर्माण गर्न अपील गरेका हुन् ।

 

उनीहरुले भनेका छन्, ‘पटक पटक संविधानको हत्या गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई यथाशिघ्र कानुनी कठघरामा उभ्याउन माग गर्दछौं । यस्तो अक्षम्य अपराधमा संलग्न भण्डारी तथा ओलीलाई पदमुक्त भइसकेपश्चात समेत कारवाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गर्दछौं ।’

 

 

प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक संकट सिर्जना गर्दै देशलाई सिक्किमीकरण गर्न उद्दत रहेको आरोपसमेत उनीहरुले लगाएका छन् । बहुमत सांसदहरुले नयाँ सरकार गठनका लागि विकल्प प्रस्तुत गर्दागर्दै प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति घोषणा गर्नु त्यसैको कडी भएको उनीहरुको आशंका छ ।

 

 

‘सबै मिलेर कोभिड–१९ ले निम्त्याउने संकटको निवारण गर्ने समयमा चुनावको नाट

क गर्दै चालिएको असंवैधानिक कदमको हामी निन्दा गर्दछौं,’ उनीहरुले जारी गरेको संयुक्त

विज्ञप्तिमा लेखिएको छ ।