होमपेज » समाचार » अर्थ मन्त्रालयले दियो कोरोण संक्रमण अस्पतालाई ८ करोड १० लाख रुपैयाँ

अर्थ मन्त्रालयले दियो कोरोण संक्रमण अस्पतालाई ८ करोड १० लाख रुपैयाँ

सोमबार, १० जेष्ठ २०७८, १७:५५

काठमाडौं । अर्थ मन्त्रालयले थप १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँ निकासा गरेको छ । राजधानीको त्रिवि शिक्षण अस्पतालसहित उपत्यका बाहिरका विभिन्न १२ अस्पतालहरुलाई अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत सो रकम उपलब्ध गराएको हो ।

काठमाडौंको त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँ उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख, टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ रुपैयाँ रुपैयाँ छुट्याइएको छ ।