होमपेज » हेडलाइन » प्रधानमन्त्री ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बोलाए

प्रधानमन्त्री ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बोलाए

शनिबार, १५ जेष्ठ २०७८, ०९:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् । बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

मन्त्री ज्ञवालीका अनुसार बजेटका सबै दस्ताबेजलाई शुक्रबार अबेर राति अन्तिम रूप दिएर आज बिहान मन्त्रिपरिषद् बैठकमा पेस गरिँदै छ ।

मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।

जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको ज्ञवालीको भनाइ छ । तर प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई सरोकारवाला चौतर्फी दबाब दिरहेका छन् ।