होमपेज » हेडलाइन » मदन भण्डारी राजमार्ग निर्माणका लागि ३ अर्ब २० लाख बजेट

मदन भण्डारी राजमार्ग निर्माणका लागि ३ अर्ब २० लाख बजेट

शनिबार, १५ जेष्ठ २०७८, १८:४६

काठमाडौं । सरकारले मदभण्डारी राजमार्गका लागि ३ अर्ब २० लाख बजेट विनियोजन गरेको छ । आज अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो आयोजनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।

 

उनले हेटौं–सिन्धुली–धरान खण्डको निर्माण आगामी आर्थिक वर्ष भित्र सकाउने बताएका छन् । त्यसभन्दा पूर्वको खण्डको निर्माणको काम पनि आगामी वर्षमा अघि बढाउने बजेटमा उल्लेख छ ।

 

सरकारले चुरे आसपासका क्षेत्रको विकासका लागि भन्दै २०७५ जेठ ६ इलामका रोङ गाउँपालिकाको सलकपुरदेखि डँडेलधुराको रुपाल जोड्ने ‘मदन भण्डारी राजमार्ग’ घोषणा गरेको थियो ।