होमपेज » समाचार » सुनको मूल्य ९४ हजार ९०० रुपैयाँ पुग्यो

सुनको मूल्य ९४ हजार ९०० रुपैयाँ पुग्यो

बिहीबार, २० जेष्ठ २०७८, ११:३०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । बढ्ने क्रममा आज सुनको मूल्य ९५ हजार नजिक पुगेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९४ हजार ९०० रुपैयाँ पुगेको हो । आज तेजाबी सुनको मूल्य समेत ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।

 

यता चाँदीको मूल्य भने बुधबारको मूल्यमा थप १५ रुपैयाँले वृद्धि हुँदै बिहीबार एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।