होमपेज » समाचार » शसस्त्र प्रहरीको सेटिङमा तस्करी

शसस्त्र प्रहरीको सेटिङमा तस्करी

शुक्रबार, २१ जेष्ठ २०७८, १४:२२

वीरगंज । कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले सिमा क्षेत्र सिल गरेको भए पनि पर्सा जिल्लाको अलौ र ड्राईपोर्टबाट व्यापक तस्करी भईरहेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीले देशमा लकडाउन छ सम्पुर्ण सिमा सिल भएको अवस्थामा पनि पर्सा जिल्लाको सिमावर्ती नाकाबाट भन्ने प्रहरी प्रशासनको मिलोमतोमा व्यापक तस्करी भईरहेको पाईएको छ ।

 

सिमा सिल भएको बेला पनि तस्करी सुचारु रहेको अलौ र ड्राईपोर्टको नाकामा अरु बेला कस्तो खाले तस्करी भईरहेको होला सहज अनुमान गर्न सकिन्छ ।

 

वीरगंज महानगरपालिकाको अलौ, ड्राईपोर्ट र खल्वाटोलाबाट अहिले कपडा, हार्डवेयर, रजनीगन्धा लगायत खाद्यान्यको भारीमात्रामा तस्करी भईरहेको छ ।तस्करहरुले भारतबाट खरिद गरी ल्याएका अवैध मालसमान खल्वाटोला नजिक रहेको रेलवेको लिकमा विओपी ड्राईपोर्टबाट सिमामा खटेका शसस्त्र प्रहरीकै अगाडीबाट दिउसै मोटरसाईकलमा कपडा लोडगरी नेपाल तर्फ ओसार पोसार गरिरहेको दृश्य यस अनलाईनले फेला पारेको छ । यसरी तस्करहरुले शसस्त्र प्रहरीकै अगाडीबाट अवैध तरिकाले तस्करीको मालसमान ओसार पोसार गर्नु प्रहरी र तस्कर बिच आर्थिक चलखेल रहेको बुझिएको छ ।

 

शसस्त्र प्रहरीको स्थानिय विओपी ड्राईपोर्ट र अलौ विओपीले अलौबाट कपडाको तस्करी गर्ने एक दर्जन तस्करहरुलाई लाईन दिएको श्रोतको दावी छ । तस्करले सिमावर्ती बजारबाट लाखौ मुल्यको कपडा खरिद गरी सिमामा खटेका प्रहरीको मिलोमतोमा नेपाल तर्फ भित्रियाउने गरेका छन ।

 

शसस्त्र प्रहरीले आम सर्वसाधारणको लागी सिमासिल भएको नाटक गरेपनि तस्करहरुको लागी भन्ने सिमानाका २४ बिसै घण्टा खुल्ला रहेको यस दृश्यले दर्साएको छ ।सिमा सुरक्षाको लागी खटेका शसस्त्र प्रहरी केही रकमको लागी कोरोना जस्तो माहामारीमा आम नागरिकको जिवन सग खेलवाड गरिरहेका छन ।