काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ पीसीआर परीक्षणमा ४ हजार ६३४ र ६ हजार ६३१ जनामा एन्टिजेन परीक्षण गर्दा २०२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ हजार ६३३ पुगेको छ । साथै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ ।










