होमपेज » समाचार » जानकीटोला नाका भएर खुल्याम तस्करी

जानकीटोला नाका भएर खुल्याम तस्करी

मंगलवार, २५ जेष्ठ २०७८, १३:४३

वीरगंज । पर्साको ग्रामिण भेगको जानकी टोला नाकाबाट निषेधाज्ञामा पनि खुल्याम तस्करी भइरहेको छ । सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुर र प्रहरी चौकी जानकी टोलाको मिलोमतोमा खुल्याम तस्करी भइरहेको प्रत्यक्ष रुप मै देख्न पाइन्छ ।

 

निषेधाज्ञाको साथ साथै सिमानाका समेत बन्द रहेपनि सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुरका प्रहरी निरिक्षक किस्मान तामाङ र प्रहरी चौकी जानकी टोलाका प्रहरी नायब निरिक्षक (सई) बसन्त थापाको मिलोमतोमा खुल्याम तस्करी भइरहेको स्थानियहरुले वताएका छन् ।

 

तस्करी गराए वापत दुबै प्रहरी इन्चार्जहरुले ठूलो रकम नजराना बुझ्ने गरेको स्थानियहरुको भनाई छ । निषेधाज्ञामा पनि सो नाकाबाट खुल्याम तस्करी भइरहेको समाचार प्रकाशनमा आएपछि स्थलगत रिपोर्टिङको लागि पुगेका पत्रकार श्याम पासवानमाथी प्रहरीद्वारा अभद्र ब्यवहार भएको छ ।

 

जानकी टोलाको दसौतास्थित डियुटीमा खटेको सशस्त्र प्रहरी बेस क्याम्प भिखपुरका प्रहरी हवलदारले पत्रकार पासवानसंग अभद्र व्यवहार गरेका हुन् ।
पत्रकार पासवानले सो क्षेत्रमा भइरहेको तस्करीको भिडियो र फोटो लिएका थिए । सोही ठाउँस्थित डियुटीमा खटेको सशस्त्र प्रहरी हवलदारले सुरुमा पत्रकार पासवानसंग ब्लु बुक, लाइसेन्स र आईडी कार्ड मागेका थिए । प्रहरीले मागेको सबै थोक पत्रकार पासवानले देखाएपछि उनको मोबाईल मागेर अभ्रद व्यवहार गर्दै उनले लिएको फोटो र भिडियो डिलेट गरेका थिए ।सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुरका प्रहरी निरिक्षक किस्मान तामाङ कै निर्देशनमा आफुमाथी अभद्र व्यवहार भएको पत्रकार पासवानले आरोप लगाए ।

 

त्यसपछि पुनः पत्रकार पासवानलाई प्रहरी चौकी जानकी टोलाले रोकेर अभद्र व्यवहार गर्दै केही समय नियन्त्रणमा राखेको थियो । डियुटीमा रहेको प्रहरीले मागेको ब्लु बुक, लाइसेन्स र आईडी कार्ड देखाउदा पनि आधि घाँटा सम्म रोकेका थिए । पछि आफुले प्रहरी नायब निरिक्षक बसन्त थापालाई फोन गरेपछि आफुलाई छोडिएको पत्रकार पासवाले वताए ।पत्रकार पासवान राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष समेत हुन् ।