होमपेज » सुरक्षा अपराध » देश कोरोनाले ध्वस्त, नाकामा खटिएका सशस्त्रका हाकिम भने कमाउ धन्दामा ब्यस्त

देश कोरोनाले ध्वस्त, नाकामा खटिएका सशस्त्रका हाकिम भने कमाउ धन्दामा ब्यस्त

मंगलवार, १ असार २०७८, १४:०१

बर्दिया गुलरिया, भारतमा महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोनाको त्रासले कैयौं भारतीय नागरिक तथा भारतमा विभिन्न काममा कार्यरत नेपालीहरु खुला नाका हुँदै नेपाल प्रवेश गरेपछि अहिले नेपालमा पनि कोरोना संक्रमनको दर तिब्र गतिमा बढि नेपालको स्थिति पनि भयावह बन्दैगए पछि सरकारले अधिराज्य भर पुर्णरुपमा लक डाउन गर्नुका साथै भारत संगका सम्पुर्ण नाकाहरु शिल गरि कुनैपनि नागरिकलाई दुबै देश तर्फ आवतजावत गर्न बन्द गरेका छन् ।

 

साथै चेकजाँच र सिमानाकामा कडासुरक्षा गर्न सशस्त्र प्रहरीलाई परिचालन गरे संगै गत बर्षको लकडाउनमा श्रावन महिनामा तस्करी गराएर बद्नाम भएका उनै एस्पि नर बहादुर रावतले यो बर्षको लकडाउनमा पनि फेरि व्यापक रुपमा तस्करी सुचारु गराएको समाचार हाम्लाई प्राप्त भएको छ पोहोर साल नेपाल बहसले तस्करी गराएको यस्तै समाचार छापेपछी उनका दस बर्षे पुराना घुमुवाहरु वरिष्ठ हवल्दार रतन आचार्य र भुपेन्द्र खड्का कार्बाहिका लागि बाहिनिमा झिकाईए पछि हाल एस्पि राउतले बर्दियामै जन्मथलो घर भएका अर्का वरिष्ठ हवल्दार रामसुरत चौधरि (उपनाम) चाचा र हवल्दार कर्ण कडायतको कमान्डमा ४ जनाको घुमुवा टोलि परिचालन गरि तस्करी संग बार्गेनिङ गरि महिनाको सात देखि आठ लाख सम्म्को नजराना बुझी ब्यापक रुपमा तस्करी सुचारु गराएको खबर हाम्लाई प्राप्त भएको छ ।

 

यी चार जना घुमुवाको मिलेमतोमा हाल बर्दियाको खैरापुर नाका बाट ठुलो मात्रामा काठ तस्करी भएको छ भने बोर्डर आउट पोस्ट फुटाहा नाकाबाट नगन्य मात्रामा लत्ताकपडा, सुर्तीजन्य पदार्थ,खसिबोका,ब्वाइलर कुखुरा तथा माछा र कुखुराका चल्लाको भारत बाट नेपाल तस्करी भएको छ भने नेपाल बाट भारत तर्फ डिजलको तस्करी भैरहेको छ त्यस्तै बर्दियाकै अर्को नाका लालपुरमा एस्पि नर बहादुर रावतले आफ्नो बिस्वासपात्र मानिने सशस्त्र प्रहरी नायब निरीक्षक पोषण बस्नेत लाई लिखित रुपमा काम गर्ने एरिया सिमा तोकेर जिम्मेवारी दिई इन्चार्ज खटाई लत्ताकपडा, हार्डवेयर, मोटर पार्टस लगाएत किराना आईटम र रागा पाडाको निर्वाध रुपमा तस्करी गराएपछी बोर्डर आउट पोस्ट कालाबन्जारका इन्सपेक्टरले मालसामान पक्राउ गर्दा एस्पि राउतले काला बन्जारका इन्स्पेक्टर साझ बिहान हप्की दप्की दिई उक्त एरियामा नजान दबाब दिएका थिए । आफू नाम मात्रको इन्चार्ज भएको र एस्पि राउतले आफुलाई जिम्मेवारी बिहिन बनाएर पेण्डिङमा राखेको भन्दै कुनै मन मिल्ने डिएस्पी संग गुणासो गरिरहेको हल्ला बर्दियाका अन्य क्याम्पहरुमा चलिरहेको खबर एस्पि नरबहादुर राउतले थाहा पाए पछि उल्टै बर्दियाका पत्रकार, राजनीतिक ब्यक्तित्व देखि सशस्त्रको हेडक्वाटर लगाएत सबै संग अहिले मेरो राम्रो सम्बन्ध भैसकेकोले आफुलाई कोई माईकालालले केही गर्न नसक्ने भन्दै फुर्तिहाँक्दै सशस्त्र प्रहरी बलकै बेइज्जत हुनेखालको रवाफ र गतिविधि देखाउदै घुमुवाको सेटिङमा बर्दियाका सबैजसो नाकाबाट अनियन्त्रित रुपमा तस्करीको धन्दा चलाई बर्दिया जिल्लालाई तस्करीको हव बनाएर अबैध रकम असुलीरहेको खुलासा भएको छ ।

 

प्रदेश नं.५ का डि.आई जि.किशोर प्रधानले विश्वव्यापी महामारीकोरुप लिईरहेको कोभिड–१९ को नयाँ भेरियन्टसहितको संक्रमणलाई प्रभावकारी नियन्त्रण र रोकथामका लागि नाकामा कडा सुरक्षा गर्न निर्देशन सहित हाल तराईका सबै जसो नाकामा थप संख्यामा फौज पठाएकोमा एस्पि राउतले उक्त फौजलाई थोरैमात्रै नाकामा पठाई अन्यत्रबाट आएका अरु कर्मचारी गणमा डिउटि गराएर आफ्नो गणका कर्मचारीलाई बिदाको रेकर्डमा नदेखाई ८० देखि ९० जनासम्म बिदा–आउट छाडेर सिपाहीको रासनबाट मासिक छ लाख सम्म कुम्ल्याएको खबर छ ।

 

सबै चाजोपाँजो सई लक्ष्मण काफरले मिलाएको र एस्पि राउतले निज काफर सईको कुरा सुनी गणको सुब्दार मेजर जित बहादुर खड्का लाई मानसिक टर्चर दिई बिगत ४÷५ महिनादेखि जबर्जस्ति अनिस्चतकालिन घर बिदामा बस्न लगाएर गणमा सबै भन्दा जुनियर सई काफरलाई सुब्दारमेजरको जिम्मेवारी दिएपछि हाल उनले सिपाही हवल्दारको अगाडी म गणपतिको नजीकको मान्छे हु यहाँ मैले भनेको चल्छ तिमिहरुले मैले भनेको मान्नु नत्र बिदा आउट सब रोकिदिन्छु भन्दै सिपाही हवल्दारहरुलाई थर्कायर बाध्य बनाईको छ ।

 

उनले रक्सि मासु ल्याउन लगाई खाने गरेको गुनासो अहिले बर्दियाको गणपरिसर भित्र चर्चाको विषय बनेको छ भने एस्पि राउत राशन र तस्करी बाट उठाएको मोटो रकम बोकेर दोस्रो कमान्ड पाउने आशामा हाल यस्तो विषम परिस्थितिमा पनि अनेक बाहाना बनाएर डि.आई.जिलाई गलत रिपोर्ट गरि बिदा स्वीकृत नगरि दाङ घरसम्म जाने बहानामा पटक–पटक प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको निवास सम्म धाउने गरेको समाचार नाम नबताउने शर्तमा बर्दियाकै एक जुनियर अधिकृतले हाम्लाई बताएका छन ।