होमपेज » हेडलाइन » भोटेकोसी नदीमा बाढीको तह बढ्यो

भोटेकोसी नदीमा बाढीको तह बढ्यो

शुक्रबार, ४ असार २०७८, २२:५७

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा पानीको बहाव उच्च भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले बाह्रबिसे स्थित भोटेकोसी नदीमा बाढीको तह ‘वार्निङ’ तहमा पुगेको जनाएको छ ।

 

३ दशमलव १० मिटरमा ‘वार्निङ’ तह रहनेमा अहिले पानीको तह ३ दशमलव १३ मिटर पुगेको छ । ३ दशमलव ६० मिटरमा बाढीले खतराको तह पार गर्छ । भोटेकोसी नदीको किनारमा रहेको बाह्रबिसे बजार सहित अन्य बजारहरु हरेक बर्ष वर्षायाममा जोखिममा पर्ने गरेको छ ।