होमपेज » हेडलाइन » पर्सामा निषेधाज्ञा थप्न सिफारिस

पर्सामा निषेधाज्ञा थप्न सिफारिस

आईतवार, ६ असार २०७८, १६:३७

वीरगञ्ज । पर्सामा निषेधाज्ञालाई जारी राख्न सिफारिस गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले केही परिमार्जनसहित निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।

 

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा प्रभावकारी देखिएको र जिल्लामा संक्रमण घट्दो क्रममा रहेकोले परिमार्जन सहित निषेधाज्ञा जारी राख्ने निर्णय भएको छ ।

 

समितिले आवश्यक सेवाका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गराई स्थानीय तह अनुसार आलोपालो मिलाई मानिसको भिडभाड नहुने गरी सरकारी, सार्वजनिक, नीजि कार्यालयहरुले सेवा प्रवाह गर्न र कार्य सञ्चालन गर्न गराउन पाउनेछन् ।

 

साथै खाद्य वस्तु औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल नियमित सञ्चालन गर्ने र बाँकी अन्य सबै पसलहरु बिहान १० बजेदेखि ५ बजेसम्म जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी गराई खोलन पाइने व्यवस्था गरिएको छ ।

 

होटल एवं रेष्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी टेह अवे सेवा र होम डेलीभरी गर्ने गरि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।