होमपेज » हेडलाइन » ओलीले बोलाएको बैठकमा माधव समूह नजाने

ओलीले बोलाएको बैठकमा माधव समूह नजाने

आईतवार, १३ असार २०७८, १६:४७

काठमाडौं । एमाका अध्यक्ष केपी शर्मा ओलीले असार १६ गते बोलाएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकमा खनाल नेपाल समुह नजाने भएको छ ।

 

 

ओलीले एकपक्षीय ढंगले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर ओलीले एकताविरोधी काम गरेको भन्दै उक्त बैठकको औचित्य नभएको र ओली एकताको पक्षमा नरहेको पुष्टि भएको जनाएको छ ।

 

एमाले विवाद समाधानका लागि २०७५ जेठ २ मा पार्टीलाई फर्काउने विषयमा नेताहरुबीच अनौपचारिक छलफल भइरहेका बेला अध्यक्ष ओलीले आफु पक्षीय स्थायी समिति बैठक बोलाएर आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका थिए ।