काठमाडौं । २ महिना लामो बन्दाबन्दी पछि आजदेखि आन्तरिक उडान सञ्चालनमा आएको छ । उडान खुलेसँगै आज यात्रुहरुको चापाचाप धेरै भएको देखिन्थ्यो ।
असार ७ गतेको सरकारको निर्णय अनुसार कोटा प्रणाली लागू गरी उडान सञ्चालनमा आएको हो । त्रिभूवन विमानस्थलका अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्वीकृति पाएका छन् ।
ठूला कम्पनीहरु बुद्ध एयर, यति एयर, श्री एयर र सौर्य एयरले आज विहानै देखि उडान शुरु गरिसकेका छन् भने साना गन्तव्यका उडान भर्ने ८ कम्पनीले उडान शुरु गर्न बाँकी रहेको नियामक निकाय नागरिक उड्यान प्राधिकरणका प्रवक्ताले जानकारी दिए ।










