होमपेज » हेडलाइन » तनहुँमा बाढीपहिरोले २ जनाको मृत्यु

तनहुँमा बाढीपहिरोले २ जनाको मृत्यु

२६ परिवार विस्थापित

बिहीबार, १७ असार २०७८, १५:००

पोखरा । बन्दीपुर गाउँपालिका प्रमुख करुणा गुरुङले भनिन् । गुरुङको टोली त्यहाँबाट फर्किएको केही समयपछि निरन्तर परेको पानीबाट बाटोमा रोकिएको पहिरो बस्ती छि¥यो । पहिरोमा परी दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बदीपुर–२ तामुङका ७२ वर्षीय हरिमाया सार्की र ३० वर्षीय सरस्वती थापा छन् । ‘दुई जनालाई बिहानै पुरिएकै अवस्थामा उद्धार गरियो । उनको अवस्था गम्भीर भए पनि अहिले क्रमिक रुपमा सुधार आइरहेको जानकारी आएको छ,’ उनले भनिन् ।

पहिरोमा परी थापाका आफन्त ६६ वर्षीय दिलबहादुर थापामगर, ५८ वर्षीया दाउरीमाया थापामगर र २६ वर्षीय सुवास थापा मगर घाइते भएका छन् । घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको गुरुङले जानकारी दिइन् ।

बन्दीपुरकै ५ नम्बर वडामा पनि ३ घर पहिरोले पुरिएका छन् भने ८ घर विस्थापित भएको गुरुङले बताइन् । ‘१ नम्बर वडामा पनि ८ वटा घर पुरिएका छन् । १८ भन्दा बढी घर विस्थापित भएका छन्,’ उपाध्यक्ष गुरुङले भनिन्, ‘अरु वडामा पनि धेरै घरमा आंशिक क्षति पु¥याएको छ ।’

बन्दीपुरकै तल्लोडुम्रे बजार क्षेत्रमा बाढीका कारण बजार नै डुबानमा परेको छ । बाढी, पहिरोका कारण सडक बगाउँदा वडा कार्यालय जाने अवस्था नै नरहेको उपाध्यक्ष गुरुको भनाइ छ ।