नुवाकोट । तामाङ चिकित्सक समाज नेपाल र मिस तामाङ बिजेताका टोलिद्वारा नुवाकोटमा निशुल्क स्वास्थ्य शिविर संचालन कार्यक्रम सम्पन्न गरेको छ।
नुवाकोटको म्यागङ गाउँपालिकाका अध्यक्ष ,सोहि गाउँपालिकाकै वडा नम्बर ६ का वडा अध्यक्ष र म्यागङ गाउँपालिकाका स्वास्थ्य संस्थाको समन्वयमा कान्छीमाया तामाङ फाउन्डेसनको सहकार्यमा तामाङ चिकित्सक समाज नेपाल ,नेपाल तामाङ घेदुङ, बोधीसत्वा बिहार र मिस तामाङ बिजेता समाज टोलीको संयुक्त आयोजनामा गत बुधबार म्यागङ ६ को स्वास्थ्य चौकिमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।
उक्त शिविरमा करिब २०० जना भन्दा बढी ब्यग्तिको निशुल्क स्वास्थ्य परिक्षण ,१०० जना भन्दा बढी बालबालिकाहरुलाई पर्सनल हाईजिन किट वितरण र ६० जनाभन्दा बढी गर्भवती महिलाहरुको गर्भ जाच एवम् भिडियो एक्सरे पनि गरिएको थियो। साथै स्यानिटरि प्याड लगायतका सामग्रीहरु पनि वितरण गरिएको थियो ।
तस्बिरहरु हेर्नु होस् ।













