होमपेज » राजनीति » एमालेको स्थायी कमिटीको बैठक सुरु

एमालेको स्थायी कमिटीको बैठक सुरु

शुक्रबार, १ श्रावण २०७८, १२:०७

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा सुरु हुँदैछ । आजको बैठकमा मुख्य तीन एजेण्डामा केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

 

तामाङका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ । सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनेछ ।

 

उक्त बैठकमा माधब नेपाल पक्ष भने सहभागी नहुने नेपाल पक्षले बताएका छन्।