काठमाडौं । नेप्लिज फेशनहोमको आयोजनामा मिस नेवाहरुको सहभागितामा नेपालीको महान पर्व गुरू पूर्णिमा भब्य रुपमा मनाइएको छ । पूर्वमन्त्री तथा सांसद पार्वत गुरुडले पानसमा दियो बालि कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
फेशन होमले मिस नेवाः, लिटील मिस नेवाः, किड्स क्विन, प्रिन्सेस नेपाल जस्ता ख्याती प्राप्त कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ । विगत १७ वर्षदेखि युवती तथा बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटन गर्ने थलो प्रदान गर्दै नेवार भाषा, कला, संस्कृति तथा संस्कारको जगेर्नाका निमित्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ ।
गूरु पूर्णिमाको शुभअवसरमा आज गूरुप्रति आदर सम्मान प्रकट गर्न किडस क्विन, लिटिल नेवाः तथा मिस नेवाःका बिजेताहरुको बाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष हेमा मानन्धरले गुरु पूर्णिमाको महत्व तथा आफूले समाजमा गर्नुपर्ने दायित्व प्रति प्रकाश पार्दै सम्पूर्ण विधार्थी नानीहरु तथा गुरुहरु प्रति हार्दिक नमन व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा समाज प्रति समर्पित भई कोरोनाको महामारीमा पनि आफ्नो ज्यू ज्यानको परवाह नगरी समाजसेवा गर्ने समाजसेवी महिला अनु उर्मिला शेरचनलाई वल्र्ड बुक अफ रेकर्डबाट प्राप्त अवार्ड प्रमाणपत्र प्रमुखअतिथीको हातबाट उहालाई प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष हेमा मानन्धर, नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक अशोक कुमार श्रेष्ठ, कोरियोग्राफर रोजिन शाक्य, लिपी प्रशिक्षक तथा मिसनेवाःसुनिता डंगोललाई पूर्व मिस नेवाः नितु डंगोल, हालको मिस नेवाः बिजेता कृषा महर्जन, उपविजेता प्रिया तण्डुकार लगायत सम्पूर्ण किड क्विन, लिटील नेवाहरुले अबिर, खदा लगाई गुरु पुजा गरेका थिए ।










