जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्वमा शिवप्रसाद पौडेल निर्वाचित भएका छन् ।
एनआरएनए जापानकाे दशौ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पौडेलले आफ्ना निकटतम प्रतिद्वान्ति अनिता गुरुंगलाई १ हजार १ सय ६९ भारि मत अन्तरले पराजित गरेका हुन् ।
पौडेलले ३ हजार ३८ मत ल्याएर बिजय हासिल गरे भने उनका प्रतिद्वान्ति गुरुंगले १ हजार ८ सय ६९ मत प्राप्त गरे । उनका अन्य ३ प्रत्यासी नरेन्द्र कुमार बस्नेतले १ हजार २ सय ४५ मत ,किरण बर्माले १ हजार २ सय २८ मत र सरोज कुमार खत्रीले १ सय ९१ मत प्राप्त गरेका छन् ।
यसैगरी कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नबिन निउरे निर्वाचित हुन सफल भएका छन् भने महासचिवमा सिद्धार्थ श्रेष्ठ र युवा संयोजकमा राकेश रुम्बा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार कुल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कुल ७ हजार ७ सय ६७ मत खसेको थियो। चार जनाको उपाध्यक्ष पदमा ११ जनाले दावी गरेका थिए भने सात जनाको सदस्य पदमा १८ जनाले उम्मेदवारी दिएका थिए ।










