शिक्षा क्षेत्रमा योगदान पुर्याए बापत मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा सम्मानित भएका छन् । अध्यक्ष लामालाई मंगलबार रिपोर्टस क्लब नेपालको २३ औं वार्षिक समारोहमा ‘शिक्षासेवी विशेष सम्मान’बाट सम्मान गरेका हुन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी साउन देखि लागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालमा पछिल्लो समय केहीले मिसन पत्रकारिता गरिरहेको भन्दै आलोचना गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले क्लबले वार्षिक रूपमा प्रकाशित गर्दै आएको स्मारिका विमोचन पनि गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीका अध्यक्षहरू महन्त ठाकुर र उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी लगायतका अतिथिहरू सहभागी थिए ।
कार्यक्रममा सम्मानित भएपश्चात् अध्यक्ष लामाले आफूलाई सम्मान गर्न लायक सम्झेर सम्मान गरिएको क्लबका अध्यक्ष ऋषि धमलालाई धन्यवाद दिएका छन् । सम्मानले थप जिम्मेवारी थपिएको र नेपालको शैक्षिक विकासमा काम गर्न अझ प्रेरणा मिलेको बताए ।










