काठमाडौं । कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले जारि निषेधाज्ञा साउन २७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेकाले निषेधाज्ञा कायम राख्ने निर्णय गरेको थियो ।










