होमपेज » अन्तर्राष्ट्रिय » जापानको अस्ट्राजेनेका खोप आईतबारसम्म नेपाल आइपुग्ने

जापानको अस्ट्राजेनेका खोप आईतबारसम्म नेपाल आइपुग्ने

बिहीबार, २१ श्रावण २०७८, ११:५५

काठमाडौं । जापान सरकारको सहयोगमा कोभिड–१९ विरुद्धको आठ लाख डोज अस्ट्राजेनेका खोप आगामी आईतबारसम्म नेपाल आइपुग्ने भएको छ । नेपालस्थित जापानी दूतावासले बुधबार १६ लाखमध्येको आधा खोप बिहीबार र शुक्रबार ‘एयरलिफ्ट’ हुने र शनिबार र आइतबार नेपाल आइपुग्ने जानकारी गराएको हो ।

 

जापान सरकारको अनुदान सहयोगमा आउन लागेको बाँकी आधा खोप भने पानी जहाजको मार्ग हुँदै नेपाल आइपुग्ने दूतावासले जनाएको छ । जापानले नेपाललाई अस्ट्राजेनेकाको १६ लाख डोज खोप अनुदानमा दिन लागेको हो ।