होमपेज » समाचार » आज तीन हजार २६० मा सङ्क्रमण, ३२ जनाको मृत्यु

आज तीन हजार २६० मा सङ्क्रमण, ३२ जनाको मृत्यु

बिहीबार, २८ श्रावण २०७८, १८:२१

काठमाडौँ। पछिल्लो २४ घन्टामा तीन हजार २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८०६ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार ४७३ र चार हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा दुई हजार २९४ जना सङ्क्रमणमुक्त भएका छन् । आजसँगै कूल छ लाख ७७ हजार ३७७ जना सङ्क्रमणमुक्त भएका हुन् । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३३ जनाको निधन भएको छ ।

 

यससँगै नेपालमा सक्रिय सङ्क्रमितको कूल सङ्ख्या ३८ हजार १८० पुगेको छ ।