होमपेज » देश » मधेश » प्रदेश २ को प्रमुखमा मिश्र नियुक्त

प्रदेश २ को प्रमुखमा मिश्र नियुक्त

मंगलवार, १ भाद्र २०७८, १८:०८

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ को प्रमुखमा हरिशङ्कर मिश्रलाई नियुक्त गर्नुभएको छ ।

 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

 

राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम महोत्तरीका मिश्रलाई प्रदेश नं २ को प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।