होमपेज » समाचार » कपनमा बोरिङ खन्दा ४० फिट अग्लो पानीको फोहोरा निस्कियो

कपनमा बोरिङ खन्दा ४० फिट अग्लो पानीको फोहोरा निस्कियो

बुधबार, २ भाद्र २०७८, १७:०७

काठमाडौँ। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन शिवमन्दिर नजिक आज बोरिङ खन्दा एक्कासि बालुवासहित पानीको फोहोरा निस्किएको छ। करिब ४० फिट अग्लो पानि र बालुवासहितको फोहोरा ३ घण्टादेखि निरन्तर निस्किरहेको छ।

 

फोहोरा निरन्तर जारि रहेपछि स्थानीयवासीले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए। सूचनापश्चात् घटनास्थल निरीक्षणमा पुगेका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको जानकारी दिए। यस अघि पनि काठमाडौँको कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको श्रेष्ठले बताए।