नुवाकोट। नुवाकोट तेक्वान्दो सङ्घको चौथो जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ। उक्त अधिवेशनबाट पत्रकार शरणउत्सुक सापकोटा अध्यक्षमा सर्वसम्मत चयन भएको छ। सापकोटा नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं सञ्चार उद्यमी तथा सञ्चारकर्मी पनि हुन ।
त्यसै गरि अधिवेशनबाट सङ्घका उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा शरण घले, कोषाध्यक्षमा रामचन्द्र तामाङ तथा सदस्यमा धुव्रकुमार रावल, शिव श्रेष्ठ, बुद्धिबहादुर तामाङ, श्रीकृष्ण श्रेष्ठ र महेन्द्र थापा मगर निर्विरोध चयन भएको छ ।
निर्वाचित कार्यसमितिका पदाधिकारीलाई बुधबारनै वाग्मती प्रदेश तेक्वान्दो सङ्घका उपाध्यक्ष एवं नुवाकोट तेक्वान्दो सङ्घका संरक्षक एवं पर्यटन व्यवसायी सुमन पाण्डेले शपथका साथ पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो। पाण्डेले भन्नु भयो स्वस्थ्य नागरिक उत्पादनका लागि खेलकूद गतिविधि बढाउन राज्यले सहयोग गर्नुपर्ने बताउनु भयो ।










