काठमाडौं । पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार १२६ जना संक्रमण मुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ भने ६ लाख ९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् ।
उपत्यकामा ६३९ जना संक्रमित, जोखिम कायमै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६३९ जना संक्रमित भेटिएको छ। त्यसै गरि कास्कीमा २०२, झापामा १८७, ललितपुरमा १२७, मोरङमा ११९, चितवनमा १०२ र भक्तपुरमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरी र बागलुङमा ९१/९१ जना, काभ्रेपलाञ्चोक रुपन्देहीमा ५३/५३ जना, मकवानपुर र सुर्खेतमा ४६/४६ जना, गोरखामा ४५, बाँकेमा ३४ जना कोरोाना संक्रमित थपिएका छन् ।
नुवाकोटमा २९, दोलखामा २८, नवलपरासी पूर्वमा २६,स्याङजा र दाङमा २२/२२ जना, तनहुँमा १४ जना, कैलालीमा १२, पाँचथर र म्याग्दीमा ११/११ जना तथा धादिङ र गुल्मीमा १०/१० जना कोरोना संक्रमित थपिएको मन्त्रालययले जनाएको छ ।










