टोकियो । जापानको एउटा होटलमा फोहोरबाट निस्किएको बिजुली प्रयोग गरिन्छ । यो होटलको नाम कावासाकी किङ्स स्काइफ्रन्ट टोक्यु रे हो । यस होटलमा फोहोरबाट बिजुली निकालेर आवश्यक उर्जाको पूर्ति गरिन्छ । यस प्रविधिलाई तोशिबा कम्पनीले तयार गरेको हो । ३० प्रतिशत उर्जा प्लास्टिकबाट र ७० प्रतिशत उर्जा फालिएको खानाहरूबाट निकालिन्छ ।
यस प्रविधिमा फोहोरबाट निस्कने हाइड्रोजनलाई कार्बनमा परिणत गरी उर्जा उत्पादन गरिन्छ । कावासाकी किङ्स स्काईफ्रन्ट टोक्यु रे ले होटलबाट हरेक वर्ष ३ लाख क्युबिक न्यानोमिटर हाइड्रोजन उत्पादन हुने गर्दछ जसबाट ४ लाख ५० हजार किलोवाट बिजुली उत्पादन हुने गर्दछ । यस बिजुलीबाट १ वर्षसम्म ८२ वटा घरको बिजुलीको आवश्यकता पूरा गर्न सकिन्छ ।










