होमपेज » समाचार » समय सान्दर्भिक मिडियाद्वारा दोलखा कारागारलाई पुस्तक सहयोग

समय सान्दर्भिक मिडियाद्वारा दोलखा कारागारलाई पुस्तक सहयोग

सोमबार, १४ भाद्र २०७८, १८:०३

दोलखा । चौधौ पुस्तकालय दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको प्रमुख आतिथ्यमा कारागारमा साहित्य लगायत अन्य बहुउपयोगी पुस्तक सहयोग गरिएको छ । उक्त कार्यक्रमको संयोजन समय सान्दर्भिक मिडिया प्रा.लि. ले गरेको थियो ।

 

उक्त कार्यक्रममा विविध साहित्य पुस्तक, सामान्य ज्ञान, धार्मिक लगायत अन्य पुस्तक गरी २०० प्रति हस्तान्तरण गरिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरे, पत्रकार र जेल भित्रका कर्मचारीहरुको उपस्थिति रहेका थिए ।

 

दोलखा जिल्ला कारागारबाट शुरु भएको पुस्तकालय स्थापना अभियानलाई देशै भरिका ७७ वटै जिल्लामा विस्तार गरिने आयोजक संस्थाले जानकारी गराएका थिए ।

 

 

यस वर्ष पुस्तकालय दिवसको अवसर पारेर सबल समाजको आधार सार्वजनिक पुस्तकालयको विकास र विस्तार भन्ने नारालाई सरकारले अघि सारेका छन् ।