होमपेज » हेडलाइन » आज २२ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि

आज २२ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, १४ भाद्र २०७८, १८:१४

काठमाडौं । पछिल्लो २४ घण्टामा २२ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२३३ जनामा गरिएको परीक्षणमा २२ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका अनुसार १८०८ जना निको भएर फर्किएका छन् भने १६ जनाको मृत्यु भएको छ । अहिले देशभर ३५ हजार ८ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।

 

मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार यसबेला देशभर ५६८ जना संक्रमितहरु उपचार कक्षमा उपचाररत रहेका छन् भने १६० जना भेन्टिलेटरमा रहेका छन् ।