होमपेज » आर्थिक » श्रम/रोजगार » इजरायल कामदार छनौटको भाषा परीक्षा भदौ २८ मा

इजरायल कामदार छनौटको भाषा परीक्षा भदौ २८ मा

मंगलवार, १५ भाद्र २०७८, १३:५८

काठमाडौं । इजरायल पठाइने सहायक कामदार छनौटका लागि वैदेशिक रोजगार विभागले परीक्षा मिति सार्वजनिक गरेको छ ।

 

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा कार्य गर्न इच्छुकहरूबाट यही साउन १२ गतेदेखि ३२ गतेसम्म आवेदन माग गरेको विभागले भदौ २८ गतेका लागि परीक्षा कार्यक्रम तय गरेको हो ।

 

विभागका अनुसार काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक उपस्थितिमा भदौ २८ गते सोमबार १ बजे लिखित परीक्षा हुनेछ ।

 

परीक्षा केन्द्रसम्बन्धी जानकारी भने विभागकाे वेबसाइटमा गएर हेर्न सकिनेछ ।

 

इजरायलले पूर्वसम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली कामदार लैजादैछ । सुरुमा उसले अंग्रेजी भाषाको लिखित परीक्षा लिनेछ ।